इसीडी शिक्षकलाई आधारभूत शिक्षक सरह तलब दिने प्रतिबद्धता सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसले आइतबार स्थानीय तह निर्वाचन २०७९ को घोषणा पत्र सार्वजनिक गर्यो । घोषणा पत्रमा कांग्रेसले ‘एक शिक्षक एक ल्यापटप, बालविकास सहजकर्ता (इसीडी शिक्षक) को तलब आधारभूत शिक्षक सरह’ हुने उल्लेख गरेको छ ।

‘संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको लागि सुनिश्चित गरेको काम कर्तव्य तथा अधिकार कार्यान्वयन गर्न आगामी पाँच वर्षका लागि स्थानीय तहको विकास र समुन्नतिका लागि हाम्रा देहायका क्षेत्रगत प्राथमिकता र सङ्कल्प रहनेछन,’ घोषणापत्रमा उल्लेख छ ।

‘पाँच वर्षमा सिकाइ केन्द्रित विद्यालय, जागरुक अभिभावक, उत्प्ररित शिक्षक, सबल नेतृत्व, जवाफदेही प्रणाली, प्रतिबद्ध कर्मचारी र स्रोतको उपलब्धता हुनेछ,’ याे पनि घाेषणा पत्रमा उल्लेख छ ।

स्थानीय आवश्कता र परिवेश अनुसार मौलिक ज्ञान र आधारभूत जीवन सीपहरू संवर्द्धन र संरक्षण हुने गरी स्थानीय पाठ्यक्रमको निर्माण,ज्ञान, सीप र उत्प्रेरणाका लागि विभिन्न विधाका आमन्त्रित विज्ञ अतिथि शिक्षक व्यवस्था गर्ने भनिएको छ ।

याे हेर्नुहाेस्

वेबटिभी खबरबाट

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार