कहिले खुल्छ निमावि लाइसेन्सको फारम ? यस्ताे छ आयोगकाे तयारी



काठमाडौं । शिक्षक सेवा आयोगले मावि तहको अध्यापन अनुमतिपत्रको लागि फारम खोलेको छ। यतिबेला धमाधम माविको फारम भर्ने कार्य भइरहे पनि निमावि र प्राविको कहिले खुल्छ भन्ने कौतुहलता सबैको छ।

असार १८ गते माविको शिक्षक लाइसेन्स परीक्षा लिने तयारी गरेको आयोगले निमाविको फारम माविको फारम भर्ने म्याद सकिए लगत्तै खोल्ने तयारी गरेको जनाएको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले निमावि र प्राविका लागि एउटै शैक्षिक योग्यता भएको र यो वर्षबाट निमावि सम्मको पाठ्यक्रम पनि परिवर्तन भएकाले आवश्यक तयारी गरेर फारम खोल्ने योजनामा आयोग रहेको बताए।

उनले आयोगले फारम भर्ने सबै काम अनलाइन प्रणालीमा लागेको स्मरण गराउँदै माविको फारम संकलन गर्ने काम सकिएपछि मात्रै निमाविको खोलिने जानकारी दिए। यसो गर्दा सर्भर लगायतका समस्या झेल्नु नपर्ने र सुलभ रूपमा सेवा प्रवाह गर्न सकिने उनको तर्क छ। कुनै प्राविधिक समस्या नआएमा जेठको पहिलो हप्तासम्म फारम खुल्न सक्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार