श्रीलंकामा आर्थिक संकट : प्रधानमन्त्रीका बुहारी र सम्धी देश छोडेर भागे



काठमाडौं । श्रीलंकाको राजनीतिक र आर्थिक स्थितिमा सुधार भइरहेको छैन। यो देशमा न त काध्यान्न पाइन्छ, न त पेट्रोल पम्पमा इन्धन पाइन्छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेको पूरै मन्त्रिपरिषद्ले राजीनामा बुझाएको छ र त्यहाँको सरकारमा नयाँ अनुहार ल्याउने प्रयास भइरहेको छ । यसैबीच, एक महत्त्वपूर्ण घटनाक्रममा, प्रधानमन्त्री महिन्दा राजापाक्षेको परिवारका धेरै सदस्यहरूले देश छोडेका छन्।

श्रीलंकाको प्रमुख पत्रिका डेली मिररको रिपोर्ट अनुसार महिन्दा राजपाक्षे सरकारमा मन्त्री रहेका नमल राजापाक्षेकी श्रीमती लामिनी राजपक्षेले श्रीलंका छाडेकी छिन् । यससँगै प्रधानमन्त्री महिन्दा राजपाक्षेका सम्धी अर्थात लामिनी राजपाक्षेका पिता पनि श्रीलंका छोडेर अन्य देशमा गएका छन् । कुन देशमा गएका हुन् भन्ने स्पष्ट छैन, तर सरकारविरुद्ध बढ्दो विरोध र जनताको आक्रोशका बीच सबैले देश छाडेका छन् ।

प्रधानमन्त्री महिन्दा राजापाक्षेको परिवारका कुल नौ जना देश छोडेर अज्ञात स्थानमा गएको स्रोतले जनाएको छ । स्रोतका अनुसार यी सबै सदस्य अप्रिल ३ का दिन बिहान देश छाडेर गएका हुन् । प्रधानमन्त्री महिन्दा राजापाक्षका अन्य दुई बुहारीले पनि देश छाडेका छन् वा छैनन् भन्ने अझै स्पष्ट भइसकेको छैन । श्रीलंकामा धेरै दिनदेखि हल्ला चलिरहेको छ कि प्रधानमन्त्रीको परिवारसँग सम्बन्धित व्यक्तिहरू श्रीलंका छोडेर बाहिर जान सक्नेछन्।

विनमल राजपाक्षे श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षका छोरा हुन् । हालसम्म नमल श्रीलंकाको युवा तथा खेलकुद मन्त्री थिए । तर अहिले श्रीलंकाको पूरै क्याबिनेटले राजीनामा दिएको छ । नमल राजापाक्षेले श्रीलंकामा सामाजिक संजाल प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका थिए। उनले आइतबार पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए ‘सामाजिक सञ्जालमा प्रतिबन्ध बेकार छ किनकि धेरै व्यक्तिले सामाजिक संजाल चलाउन भिपीएन प्रयोग गरिरहेका छन्।

श्रीलंकाको यो कदमको अन्य देशमा पनि आलोचना भएको थियो । यसपछि सरकारले आइतबार दिउँसोसम्म सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । श्रीलंका कर्जा, महंगीबाट पीडित छ । विदेशी मुद्रा अभावका कारण श्रीलंकाले विदेशबाट पेट्रोलियमलगायत अत्यावश्यक खाद्यवस्तु आयात गर्न सकेको छैन । श्रीलंका सरकारले स्थितिलाई नियन्त्रण गर्न धेरै शहरहरूमा कर्फ्यू लगाएको छ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार