चुनावको मुखमा ३६ डिएसपीको सरूवा, को कहाँ पुगे [सूची सहित]



काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार राति ३६ जना प्रहरी नायब उपरीक्षक ९डिएसपी०को सरूवा निकालेको छ। स्थानीय तहको निर्वाचनको मुखमा प्रधान कार्यालयले ३६ डिएसपीको सरूवा निकालेको हो।

सरूवामा परेका अधिकृतमध्ये केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् कुमार मैनाली इलाका प्रहरी कार्यालय सिरहा पुगेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् रुगमबहादुर कुँवर इलाका प्रहरी कार्यालय अनारमनी झापामा पुगेका छन्।

बेदप्रसाद गौतम जिल्ला प्रहरी कार्यालय उदयपुरबाट इलाका प्रहरी कार्यालय पथरी पुगेका छन्। ऐनबहादुर मल्ल इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा सरूवा भएका छन्।

इलाका प्रहरी कार्यालय पथरीमा रहेका कृष्ण खड्कालाई अख्तियार टंगालमा सरूवा गरिएको छ। इलाका प्रहरी कार्यालय दमकका नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय अन्वेषण योजना तथा विका महाशाखामा सरूवा गरिएको छ।

शालिग्राम शर्मालाई प्रहरी वृत्त जनसेवामा सरूवा गरिएको छ।

हेरौं सरुवा सूचीः

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार