काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको विज्ञापन चैतको अन्तिम सातामा गर्ने तयारी गरेको छ । तिनै तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा सञ्चालन गरेर सकिए पछि अध्यापन अनुमति पत्रको विज्ञापन गरीने जानकारी आयोगले दिएको छ ।
आयोगका सुचना अधिकारी सुदर्शन मरहट्टाका अनुसार प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तह र उक्त तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यमा आयोगका पदाधिकारी एवं कर्मचारी संलग्न हुनुपर्ने कारणले २१ गतेको परीक्षा सकिएपछि मात्र अध्यापन अनुमति पत्रको विज्ञापनका लागि काम थालिने बताए । उनले चैतको अन्तिममा विज्ञापन गरीने जनकारी दिए ।
त्यसैगरी शिक्षक सेवा आयोगले विगतमा निम्न माध्यामिक र माध्यामिक तहको विषयगत अध्यापन अनुमति पत्र व्यवस्था रहेकोमा पाठ्यक्रमलाई परीवर्तन गरी दुई, दुई अंकका ५० वटा बहुवैकल्पिक प्रश्नका आधारमा सय पूर्णाङ्क परीक्षा लिने गरी व्यवस्था गरेको छ ।





