काठमाडौं । ललितपुर महानगरपालिकाले १८ वर्षभन्दा माथिका नागरिकलाई आज (सोमबार) देखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको छ। महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई आज र भोलि बुस्टर डोज खोप लगाइने ललितपुर महानगरपालिकाको सूचनामा उल्लेख छ।
महानगरपालिकाद्वारा जारी सूचनाअनुसार बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिलाई दिइनेछ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ। खोप लगाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र अघिल्लोपटक खोप लगाएको कार्ड अनिवार्य लैजान महानगरपालिकाले आग्रह गरेको छ।
प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार