शिक्षक सेवा आयोगले सार्वजनिक गर्याे प्राथमिक तहको परिक्षा केन्द्र, कुन प्रदेशको कहाँ (सूचिसहित)



काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतिय श्रेणीको परिक्षा फारम भरेका परिक्षार्थीहरुको परिक्षा केन्द्र तोकेको छ । आइतबार सूचना जारी गर्दै आयोगले परिक्षा केनद्र बारे जानकारी दिएको हो ।

आयोगले प्रदेश १ का लागि झापा,मोरङ,सुनसरी,उदयपुरमा केनद्र तोकेको छ भने मधेस प्रदेशका लागि धनुषा र पर्सा केनद्र तोकिएका छन् । यस्तै बागमती प्रदेशका लागि चितवन,मकवानपुर, काठमाडौं र ललितपुरमा केन्द्र तोकिउको छ ।

यस्तै, आयोगले गण्डकी प्रदेशका परिक्षर्थीका लागि बागलङु, कास्की र तनहुँमा केन्द्र तोकेको छ भने लुम्बीनी प्रदेशमा रुपन्देही,कपिलवस्तु,दाङ र बाँकेमा केन्द्र रहनेछन् । आयोगले कर्णली प्रदेशको लागि सुर्खेतमा केन्द्र तोकेको छ भने सुदुरपश्चिम प्रदेशका लागि कैलाली र कञ्चनपुरलाई केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार