थपिए १०२५४ जना कोरोना संक्रमित, १६ को मृत्यु



काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १४ हजार ४६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार २१२ जना र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख १६ हजार ८४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना मुक्त भए, १६ संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ सय ८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख २० हजार २८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २० हजार १८७ जनाको परीक्षण हुँदा हालसम्म कुल ६० लाख २६ हजार ३०७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार