त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित !



काठमाडौै । त्रिभुवन विश्वविद्यालयले आउँदो आइतबारदेखिका सबै परीक्षा स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सूचना निकालेर माघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो ।

आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार