यसरी सजिलै भर्नुहोस् शिक्षक सेवा आयोगको अनलाइन फाराम [भर्ने तरिका भिडियाे सहित]



काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न तहका लागि शिक्षकको विज्ञापन गरेको छ । माध्यमिक तहमा १ हजार ५ सय ४७,निमावि तहमा २ हजार ५ सय ९८, प्रावि तहमा १३ हजार ९३ स्थायी शिक्षक माग गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा शिक्षक भर्ना गर्न विज्ञापन आह्वान गरेको हो ।

यसपटकदेखि शिक्षक सेवा आयोगको फाराम भर्न लाइन लाग्नुपर्ने बाध्यता टरेको छ । यसपटक परीक्षार्थीलाई त्यो झण्झटबाट मुक्त गराउन आयोगले अनलाइन आवेदन दिने प्रवन्ध गरेको हो । त्यसका लागि सबैभन्दा पहिले https://online.tsc.gov.np/ लगइन गर्नुपर्ने हुन्छ । यो आयोगको आधिकारिक दरखास्त पोर्टल हो ।

रकम तिर्न पनि पहिलेजस्तो बैंक धाइरहनु पर्दैन, अनलाइन पेमेन्ट गर्न सकिन्छ । तपाईंले यो दरखास्त पोर्टल खोलिसक्नु भयो नि होइन ? यदि हो भने, आउनुहोस्, अब फाराम भर्ने तरिका सिकौं।
पुरा जानकारीका लागि भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार