एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित



एजेन्सी । फ्रेन्च कप पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजी भ्यान्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई सानदार जित दिलाउनको लागि केलियन एमबाप्पेले ह्याट्रिक गरे भने प्रेस्नेल किमपेम्बेले एक गोल थपे । खेलको २८औँ मिनेटमा किमपेम्बेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलेको ५९, ७१ र ७६औँ मिनेटमा एम्वाप्पले गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए । फराकिलो जितसँगै पीएसजी फ्रेन्च कपको अन्तिम ३२ मा पुगेको छ।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार