कोरियामा नेपाली श्रमिकको तलब ह्वात्तै बढ्यो, न्युनतम महिनाको 2 लाख हुने



दक्षिण कोरियामा काम गर्नेहरुको तलब बढेको छ। सोमबार बसेको ज्याला निर्धारण समितीको बैठकले न्यूनतम तलब प्रतिघण्टा ९ हजार १ सय ६० वन पुर्याएको छ। यो रकम गत बर्षको भन्दा ५ दशमलब १ प्रतिशतले बढेको हो। अब कोरियामा काम गर्नेहरुले प्रतिघण्टा न्यूनतम करिब ८ डलर आम्दानी गर्नेछन।

न्यूनतम ज्याला निर्धारण समिती जसमा ९ जना सदस्यहरु रहने गर्दछन। यस समितीमा मजदूरका पक्षबाट, ब्यवसायीहरुको तर्फबाट र सर्वसाधारण बाट प्रतिनिधित्व हुने गर्दछ। सोमबार सरकारी कम्प्लेक्स सेजोङमा भएको लामो मिटिङले म’ध्यरा’तमा ज्याला बढाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार