काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको लागि विज्ञापन खुलाएको छ । कुल २ हजार ५ सय ९८ पदका लागि आयोगले विज्ञापन खुलाएको हो ।
निमावि तहको लागि माघ ६ गते सम्ममा आवेदन दिन सकिनेछ । तोकिएको समयमा आवेदन दिन असमर्थ उम्मेदवारले दोब्बर शुल्क तिरेर माघ ७ देखि १३ गतेसम्ममा आवेदन दिन सक्ने आयोगले बताएको छ ।
यसअघि मंसिर २९ गते आयोगले माध्यमिक तहको विज्ञापन गरिसकेको छ । माध्यमिक तहको लागि पुस २९ गतेसम्म नियमित दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।
अनलाइन प्रणाली मार्फत फारम भर्ने व्यवस्था गरेको आयोगले चरणबद्ध रुपमा तहगत विज्ञापन गरिरहेको छ । आयोगले प्रावि तहको आवेदन पुस १५ भित्र खुलाउने तयारी गरिरहेको छ ।
यस्तो छ विषयगत र क्षेत्र गतरुपमा आयोगले गरेको विज्ञापन





प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार





