भाेलि सार्वजनिक बिदा



काठमाडौं । सरकारले पुस ४ गते आइतबार सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा)का अवसरमा सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले विदाको निर्णय गरेको हो।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार