आइतबार सार्वजनिक बिदा (गृहको विज्ञप्तिसहित)



काठमाडौं । उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवसको अवसरमा आइतवार सार्वजनिक बिदा दिने हुने भएको छ । गृहमन्त्रालयले आज सूचना जारी गर्दै देशभर सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस ९धान्य पूर्णिमा०को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार