काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट निशुल्क माइक्रोबस संचालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा माइक्रोबस सेवा संचालनमा ल्याइएको हो ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेले बुधबार एक कार्यक्रमकाबीच बसको उद्घाटन गर्नुभयो । विमानस्थलबाट आउने यात्रुहरुलाई ट्याक्सीले ठगी गर्नेगरेको जनगुनासो आएपछि मन्त्रालयले निस्शुल्क माइक्रोबस सेवा संचालनमा ल्याएको हो ।
यो सँगै विमानस्थलको आन्तरिक टर्मिनल भित्रबाटै माइक्रोबस चढ्न पाइनेछ । उद्घाटनपघि मन्त्री आलेपनि यात्रुहरुसँगै कोचिएर यात्रा गर्नुभएको थियो । उहाँ माइक्रोबसमै बसेर विमानस्थलको गोल्डेन गेटसम्म आउनुभएको थियो ।
प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार





