कतारमा कम्पनीले निकालिदिए वा आईडी सकिए कति दिनसम्म बस्न पाइन्छ? यस्तो छ नियम !



दाेहा । वैदेशिक राेजगारीकाे सिलसिलामा कतार पुगेका धेरै नेपालीलाई त्यहाँको कानुनकाे विषयमा कमै ज्ञान हुने गर्छ । पछिल्लो समय त दलालले अनेक प्रलोभनमा पारेर विचल्ली बनाएका घटना पनि बाहिर आउने गरेको छ । कतार सरकारले आप्रवासी कामदारको हितमा अन्य खाडी मुलुकमध्ये श्रमिक मैत्री कानुन बनाएको छ । कतारमा विदेशी कामदारले चाहेमा कम्पनी परिवर्तन गरेर समेत काम गर्न पाउँछन् । तर त्यसका लागि आवश्यक मापदण्ड भने पूरा गरेको हुनुपर्छ ।

यस्तै, कतारमा कम्पनीले निकालेमा वा आईडिकाे मिति सकिएमा कति दिन कतार बस्न पाइन्छ भन्ने विषयमा समेत धेरैको जिज्ञासा रहेको पाइन्छ । कतिपयले हचुवाका भरमा अनेक अफवाह समेत फैल्याएका हुन्छन् । कतारमा आप्रवासी कामदारले विना आईडी कति दिन बस्न पाउँछ भन्ने प्रश्न सबैको मनमा छ ।

कतारकाे आन्तरिक मामिला मन्त्रालयका अनुसार कतारमा आईडि सकिएमा अथवा कम्पनीले नविकरण नगरेमा ९० दिनसम्म आप्रवासी कामदार बस्न सक्नेछन् । मन्त्रालयका अनुसार ९० दिनभित्र अर्को काम खाेजेर काम गर्न पनि सकिनेछ । ९० दिनभित्र काम भेट्टाउन सकेन भने उसले कतार छाड्नुपर्ने । याे नियम अपराधीक क्रियाकलापमा संलग्न र कम्पनीले सजाय स्वरुप घर फिर्ता पठाउन खाेजेकाकाे हकमा भने लागू हुनेछैन ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार