सीमा क्षेत्रमा क्रुज मिसाइल जडित बमबर्षक हतियार देखाएर चीनले भारतलाई दियो चुनौती



एजेन्सी। सीमा क्षेत्रको सन्दर्भमा चीन-भारतबीच विगतदेखि नै तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । र, दुवै देश सीमा क्षेत्रमा आफ्नो पकड जमाउन खोजिरहेका छन् । सीमा क्षेत्रमा को बलियो बन्छ भन्ने सन्दर्भमा चीनले भने आफ्नो दरिलो शक्ति प्रदर्शन गर्दै आएको छ ।

हालसालै चीनले भारतसँगको सीमा क्षेत्रमा बमबर्षक हतियार परिचालन गरेको भिडियो सार्वजनिक गरेको छ । चीनले उक्त भिडियो सार्वजनिक गरेसँगै दुई देशबीचमा तनाब झन् बढेको छ ।चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेको भिडियोमा चीनको हवाई फौजले दुई देशलाई छुट्टाउने लाईन अफ कन्ट्रोल एच–६के बम्बर तैनाथ गरेको छ । उक्त एच– ६के बम्बर पहाडहरुमाथि उडाएको भिडियो फुटेज बाहिरिएपछि दुई देशबीच सम्बन्धनमा हलचल सुरु भएको छ ।

उक्त एच–६के बम्बरमा क्रुज मिसाइलसमेत जडान गरिएको बताइएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीन र भारतबीचको सम्बन्ध तनावपूर्ण भइरहेको धारणा व्यक्त गरेको केही दिनमै चीनले यस्तो भिडियो सार्वजनिक गरेर चुनौती दिएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार