सिबिटी परिक्षाका लागि आवेदन दिने समय र आवेदन दिन याेग्य कामदारको नाम थपियो !



काठमाडौं । ईपीएस शाखा ग्वार्काेले प्रतिबद्ध कामदारको रुपमा पुन काेरिया जान लिइने विशेष काेरियन भाषा परिक्षा दिन पाउने कामदारको नामावली सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक भएको नामावलीमा छुटेका काेरिया जान याेग्य कामदारको नाम थप गरि ईपीएस शाखाले कामदारको सूची सार्वजनिक गरेको हाे ।

यस्तै ईपीएस शाखाले सिबिटी परिक्षा आवेदन फारम भर्ने समयावधि पनि थप गरेको छ । यसअघि मंसिर ६ देखि ८ गतेसम्म आवेदन फारम बुझाउने सूचना जारी गरेको शाखाले दुई दिन थप गरि ६ गतेदेखि १० गतेसम्म आवेदन फारम बुझाउन सकिने जनाएको छ ।

यस्तो छ शाखाले जारी गरेको सूचना

Special EPS-TOPIK मा आवेदन गर्न सक्नेहरुको थप नामावली सुची !!!

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार