किम जोङ्ग उन, बाबु जन्मिएको गाउँतिर



प्योङ्गयाङ्ग | उत्तर कोरियाका नेता किम जोङ्ग उन आफ्ना बाबु किम जोङ्ग इल जमिएको गाउँमा पुगेका छन् । प्योङ्गयाङ्गका राष्ट्रिय समाचार एजेन्सीले जनाए अनुसार उनि आज बिहान दलबलसहित उत्तर पश्चिममा रहेको पुर्ख्यौली गाउँ साम्जियोन पुगेका हुन् ।

ती समाचार एजेन्सीका अनुसार नेता किम पछिल्लो एक महिनामा पहिलोपटक सार्बजनिक कार्यक्रममा देखा परेका हुन् । उनले भ्रमण गरेको गाउँ बेक्दु पहाड नजिकै पर्छ, जुन गाउँमा सन् २०११ देखि तिब्र रुपमा शहरीकरण र बिकास आयोजनाहरु कार्यन्वयन गरिएको छ ।

आज पनि त्यहाँ पुगेर किमले तेश्रो चरणको शहरी बिकासको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार