शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍याे बार्षिक कार्यतालिका, स्थायी शिक्षकको परीक्षा फागुनमा



काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगलाई व्यावस्थित गर्नका लागि लामो समयको अभ्यास पछि कार्यतालिका सार्वजनिक भएको हो ।कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने र सामान्य परीक्षा फागुन र विषयगत परीक्षा जेठमा गर्ने रहेको छ ।

कार्यतालिकामा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा बढुवाका लागि पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने उल्लेख छ। त्यसैगरी बाँकी रहेका केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको पाठ्यक्रम छिट्टै आयोगको साइटमा राख्ने तयारी गरेको छ ।

यस्तो छ कार्यतालिका

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार