काेरियन भाषा विशेष परिक्षाकाे आवेदन खुल्यो, फारम बुझाउने र परिक्षा दिने यस्तो छ व्यवस्था !



काठमाडौं । काेराेना महामारी पछि राेकिएकाे काेरिया राेजगारी फेरि पुरानै लयमा फर्कने भएको छ । आकर्षक तलब र सरकारी स्तरबाटै लगिने हुँदा काेरिया राेजगारी नेपाली युवाको लागि आकर्षक गन्तव्य बन्दै आएको छ । ईपीएस मार्फत काेरिया गएर वैधानिक तवरले फर्केका नेपाली कामदारलाई पुन पठाउने प्रक्रिया सुरु भएको छ ।

वैधानिक रुपमा आफ्नो समयावधि पूरा गरेर आएका नेपाली कामदारले पुन काेरिया जान दिनुपर्ने परिक्षा कम्युटर प्रणालीमा (CBT)लिने तयारी भएको छ । ईपीएस शाखा ग्वार्काेले एक सूचना जारी गर्दै सिबिटी दिन इच्छुकलाई आवेदन दिन आग्रह गरेको छ । सूचनासँगै ईपीएस शाखाले परीक्षा दिन याेग्य व्यक्तिहरुकाे लिस्ट समेत सार्वजनिक गरेको छ । सिबिटी परिक्षा पाैष १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ । सिबिटी दिन चाहनेले मंसिर ६ गतेदेखि ८ गतेसम्म अनलाइन मार्फत आवेदन फारम भर्न सक्नेछन् । ईपीएस शाखाका अनुसार परीक्षा तालिका मंसिर २४ गते सार्वजनिक हुनेछ भने परिक्षाकाे नतिजा माघ ८ गते सार्वजनिक हुनेछ ।

१. आवेदकको योग्यताः
क) नेपाली नागरिक,
ख) ई.पी. एस. अन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन्२०१० जनवरी १ पश्चात भिषा
अवधि (Sojourn Period) भित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदारहरु ।
ग) उमेर १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेकोअर्थात सम्वन्धित उम्मेदवार सन् १९८१ नोभेम्बर २३ देखि सन्
२००३ नोभेम्बर २२ (२०३८ मंसिर ०८ देखि २०६० मंसिर ०६) बिच जन्मेको हुनु पर्ने छ ।

घ) फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको ।
ङ) गणतन्त्र कोरियामा गई गैर कानुनी रुपमा बसोबास नगरेको ।
च) नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको ।
छ) Colour blindness नभएका ब्यक्तिहरु ।

ज) कोरियामा E-9 / E-10 भिषामा पाँच बर्ष भन्दा बढी अबधि नबसेको ।
झ) HRD Korea बाट Special EPS-TOPIK परीक्षामा सहभागी हुनसक्ने भनी प्राप्त भएका नामावली
यस कार्यालयको वेवसाईटमा हेरी यकिन गरी मात्र आवेदन फारम भर्न हुन अनुरोध छ ।

Special EPS-TOPIK परीक्षामा सहभागी हुनसक्ने भनी प्राप्त भएका नामावली

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार