मलाई हार्ने डर छैन, अध्यक्षमा उम्मेदवारी दिन्छु : भीम रावल



अछाम । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीम रावलले पार्टीको दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गृहजिल्ला अछामको साँफेबगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

कार्यकर्ताको भावनाको कदर गर्दै अध्यक्षमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ । ‘मलाई हार्ने डर छैन,’ उनले भने, ‘कार्यकर्ताको भावनालाई कदर गर्दै अध्यक्षमा उठ्ने तयारी गरेको छु ।’ कार्यक्रममा उनले १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन–१२ (अपानि–१२) कार्यान्वयन नभएकोमा चर्को असन्तुष्टि व्यक्त गरे ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार