नाेभेम्बर अन्तिम सातादेखि काेरिया राेजगारी सुचारु हुने, पास भएका नयाँ कामदार जान पाउने !



साेल । २० महिनादेखि राेकिएकाे काेरिया राेजगारी नाेभेम्बर अन्तिम सातादेखि खुल्ने भएको छ । काेभिड महामारीको कारण देखाउँदै नयाँ कामदारलाई काेरिया प्रवेशमा राेक लगाएको काेरियाली सरकारले अब भने ईपीएस प्रणाली लागू भएका १६ वटै देशबाट कामदार ल्याउने भएको छ ।

काेरेाना महामारी फैलिएसँगै काेरियामा ईपीएस अन्तगर्तका कामदार आउने प्रक्रिया अवरुद्घ भएको थियो । नयाँ कामदारलाई प्रवेशमा राेक लगाएको भए पनि काेरियन सरकारले कमिटेड कामदारभने केही शर्त सहित खुला गरेको थियोे ।प्रत्येक वर्ष ५० हजारभन्दा बढी ईपीएस प्रणाली अन्तर्गत नयाँ तथा कमिटेड कामदार आउने u/]sf]df कोरियामा कोरोना संक्रमण बढेसँगै विदेशी कामदार ल्याउन रोकिएको थियो । नेपालबाट पनि प्रत्येक वर्ष ५ हजार भन्दा बढी कामदार कोरिया आउने गर्थे ।

कोरियाली सरकारले यही वर्षको अन्तिमसम्म कोरियामा रहेका सबै नागरिकलाई भ्याक्सिन लगाउने नीति बनाएपछि यहाँ रहेका नेपालीले पनि कोरोना विरुद्धको भ्याक्सिन लगाउन पाउने भएका हुन् । यहाँ ४० हजारभन्दा बढी नेपाली रहेका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत काम गर्न आएका कामदार ३५ हजार भन्दा बढी रहेका छन् भने अध्ययन, व्यवसाय र अन्य पेशामा भएका नेपालीको संख्या ५ हजारभन्दा बढी छन् । कुनै शुल्क नलाग्ने भ्याक्सिन कोरियामा ९० दिनभन्दा बढी समय रहेका सबै विदेशीले पनि लगाउन सक्नेछन् । अहिले कोरियामा २० लाखभन्दा बढी विदेशी रहेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २० गते शनिवार