‘यहाँ जात्रा हेर्न आउनुभएको ?’ भन्दै कुलमानले थर्काए कर्मचारी !



काठमाडौं । तिहारको मुखमा विद्युत बन्द भएको खबर पाएपछि बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनको भरतपुरस्थित बसेनी सबस्टेसन पुगे । त्यहाँ पुगेर प्राधिकरणका कर्मचारीसँग विद्युत बन्द भएको बारे बुझे । कर्मचारीहरुले मंगलबारदेखि नै सबस्टेसनमा पुरानो ट्रान्सर्फमर हटाएर नयाँ राख्न ट्रान्सर्फमर सुरु गरिएको जानकारी गराए ।

तर, कर्मचारीको काम गर्ने शैली, कामको रिपोर्ट र टिपोटमा कुलमानले चित्त बुझाएनन् । फिल्डमा जम्मा काम गर्ने ५ जना जति देखेपछि सबस्टेसन पुगेका कुलमान झोक्किए । ‘तपाईं हरेको हेरेकै, अनि पाँच जनाले काम गरेर हुन्छ त यहाँ ? यहाँ जात्रा हेर्न आउनु भएको ?’

उनका अघि पछि देखिएका कर्मचारीहरु सर यस्तो त्यस्तो भन्दै थिए । तर, कुलमानले उनीहरुलाई यस्तो त्यस्तोले चल्दैन तिहारको मुखमा सबस्टेसन नै बन्द भएपछि के हुन्छ भन्दै बरु खसी ल्याएर खानुस तर, चाहिने जति श्रमिक ल्याएर यो काम चाँडो गर्नुस् । तिहारकै बेला अन्धाकार देशलाई उज्यालो बनाएर उदाएका कुलमानले बुधबार कर्मचारीहरुलाई तिहारको समयमा सेवाग्राही वा कसैको घरपरिवारमा अँध्यारो हुनु दुःखद रहेको भन्दै काममा ढिलाई नगर्न निर्देशन दिए ।

फिल्डका टोली नेता र प्राविधिकहरुलाई कार्यकारी निर्देशक कुलमानले भने, ‘काम गर्नेहरुले जे खान चाहानुहुन्छ, दिनुस् । खसी नै काटेर खानुहुन्छ भने पनि हामी गर्दिन्छौँ । कति श्रमिक र पैसा चाहिन्छ भन्नुस् । २०र३० जना कति मान्छे चाहिन्छ तुरुन्तै ल्याउनुस्, तपाईं जे भन्नुहन्छ, म गर्दिन्छु ।’

नयाँ ट्रान्सर्फमर बिहीबार बिहानै आइपुग्ने बताउँदै कार्यकारी दिर्नेशक घिसिङले लक्ष्मीपूजाको दिन विद्युत झलमल्ल हुनुपर्ने निर्देशन दिए । मंगलबार दिउँसोदेखि भरतपुर क्षेत्रमा विद्युत बन्द भएको छ । विद्युत बन्द भएपछि सेवाग्राहीका घरमा अन्धाकार छाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार