इपिएस शाखा ग्वार्काेले सार्वजनिक गर्याे दाेस्राे चरणमा काेरिया जाने ५० जनाको लिष्ट ! शेयर गराैँ



काठमाडौं । लामो समय देखि अबरुद्ध दक्षिण कोरिया नेपाली श्रमिक लैजाने प्रक्रिया उत्साहित रुपमा अगाडि बढेको छ । कात्तिक १० गते पहिलो चरणमा ४८ जना दक्षिण कोरिया उडेका थिए ।सोहि क्रमलाई निरन्तरता दिदै दोस्रो चरणमा पनि थप ५० जना नेपाली आउदो २४ नोभेम्बर,२०२१ मा दक्षिण कोरिया जाने भएका छन् ।

यसै प्रक्रिया सँग सम्बन्धित हुदै इपिएस शाखा ललितपुरले दोस्रो सुचना जारि गरेको छ । पहिलो चरणमा कमिटेड कामदार लिइसकेपछि अर्को चरणमा भाषा परिक्षा उतिर्ण गरि प्रक्रिया पुरा गरेका नेपाली श्रमिक लैजाने कुरामा दक्षिण कोरिया सँग सहमति भएको स्रोतले हाम्रा खबरलाई बतायो ।

प्रकाशित सुचना अनुसार २४ नोभेम्बर,२०२१दोस्रो चरणमा कोरिया जाने कमिटेडहरुको नामावली सहित आवश्यक प्रक्रियाको र जानकारी बारेमा एक सुचना प्रकाशित गरेको हो । इपिएस शाखा ललितपुरले आवश्यक प्रक्रिया र भइरहेको अवस्थाको बारेमा सुचनामा उल्लेख गरेको छ ।

संलग्न नामावली सूचिमा समावेश भएका मध्येबाट ५० जना व्यक्तिहरु पहिलो प्राथमिकता अनुसार काठमाण्डौं देखि दक्षिण कोरिया सम्मको उडान सूचीमा समावेश हुने भएकोले सूचिमा संलग्न सि।सि।भि।आई (CCVI) नभरेका व्यक्तिहरुले यथाशिघ्र आवश्यक कागजात सहित यस कार्यालयमा उपस्थित भै (CCVI) भरी तयारी अवस्थामा रहन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । समयमा कार्य नगर्ने कामदारहरूको उडान प्रकृया प्रभावित हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Koreaबाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने बताइएको छ ।

CCVI LIST FOR COMMITTED WORKERS

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार