यूएई । यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १ केजी सुन र १० वटा कार उपहार पाउने अवसर पाइने भएको छ । अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै जस्तो यस वर्ष पनि ‘विन्टर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गरेको हो ।
यो योजना अन्तर्गत नेपालसहित कुनै पनि देशमा पैसा पठाउँदा सेवाग्राही स्वतः उपहारको भागीदार बन्ने एक्सचेन्जले जनाएको छ । यो योजना अन्तर्गत अक्टोबर १५ तारिखदेखि फेब्रुअरी ११ तारिखसम्म एक्स्चेञ्जको कुनै पनि शाखाबाट पैसा पठाउने मध्येबाट गोला प्रथा गरी विजेता छनौट गर्ने एक्सचेन्जले जनाएको छ । यो अवधिमा अल अहलिया एक्सचेन्ज मार्फत पैसा पठाउने ग्राहक छनोटमा पर्नेछन् ।
यूएईको स्थानीय प्रशासनका उच्च अधिकारीले डिजिटल प्रविधि मार्फत गोला प्रथा गरेर विजेता घोषणा गर्नेछन् । पहिलो गोला प्रथा फेब्रुअरी १४ मा आबुधावीमा, दुबईमा र शारजहामा रहेका शाखाहरूमा हुने छ । आबुधावीमा ४ वटा कार, दुबईमा ३ वटा र अन्य शाखाहरूमा ३ वटा गरी जम्मा १० वटा कार उपहार योजनामा राखिएको छ ।
त्यस्तै मेघा पुरस्कार अन्तर्गत १ किलो सुनको विजेता घोषणा दुबईको अलकुज शाखामा आउँदो फेब्रुअरी १५ तारिखमा सार्वजनिक गरिने एक्सचेन्जका नेपाल प्रमुख बेनी माधव ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।अल अहलिया एक्सचेन्जले गएको १० वर्षदेखि आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । कोरोना सङ्क्रमणका कारण गएको दुई वर्ष अफर ल्याउन नसकिएको एक्सचेन्जका बजार प्रमुख सन्तोष नाएरले बताउनुभयो ।
वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन यहाँ कार्यरत नेपालीलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न योजना ल्याउने ल्याएको एक्सचेन्जका जनरल म्यानेजर कमल सुब्बाको भनाइ छ ।यसअघिका योजनामा धेरै जना नेपालीले उपहार जितेको भन्दै यस योजनामा पनि सहभागी हुन उहाँले आग्रह गर्नुभएको छ ।
यही एक्सचेन्ज मार्फत पैसा पठाउँदा सन् २०१८ को यस्तै योजनामा इलामका नरेन्द्र मगर र सन् २०१९ को योजनामा श्रिजङगा ४ ताप्लेजुङका यमनाथ भट्टराइले १ किलो सुन उपहार पाउनु भएको थियो । सन् १९९६ देखि यूएईमा सेवा सुरु गरेको एक्सचेन्जले विभिन्न राज्यमा ३० वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । अहलिया एक्सचेन्ज यूएईबाट नेपालमा धेरै रेमिट्यान्स गर्ने कम्पनी हो ।





