कोरोनाका कारण बन्द कोरिया रोजगारी खुल्यो, भोलि ४८ जना कोरिया जाँदै



काठमाडौं । कोरोनाका कारण बन्द रहेको कोरिया रोजगारी २० महिनापछि खुलेको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा २० महिनापछि कामदार पठाउने काम सुरु भएको जनाएको हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु कोरिया जाने गरेकोमा २० महिना देखि कोरोनाभाइरस सङ्क्रमणका कारण जान पाएका थिएनन् ।

लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि श्रमिकहरुमा खुसीको सञ्चार छाएको छ । भोलि (बुधबार) साँझ पहिलो चरणमा ४८ जना श्रमिकहरु कोरिया जाँदैछन् । साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रमिकहरुलाई दिउसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार