कतारमा बस्ने नेपालीलाई दुतावासले जारी गर्‍याे राहदानी वितरण सम्बन्धी यस्तो सूचना, शेयर गरौं



दोहा । कतारस्थित नेपाली राजदूतावासले २५ सेप्टेम्बरसम्म आवेदन फारम बुझाएकाहरुको राहदानी तयार भएको बताएको छ । आज एक सूचना जारी गर्दै दूतावासले यस्तो जानकारी दिएको हो ।

पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सबैलाई दूतावासले आग्रह गरेको छ । राहदानी सार्वजनिक विदाका दिन बाहेक हरेक दिन ११ बजे देखि दिउँसो ३ बजे सम्म वितरण हुने पनि दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार