दोहा । कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले १५ जना मन्त्रीहरुको नियुक्ति तथा पद फेरबदल गरेका छन् । कतारको राजपत्रमा प्रकाशित भएको दिन देखि मान्यता हुनेगरि अमिरले नियुत्ति दिएका हुन् । नयाँ मन्त्रीमण्डलमा दुई जना महिलालाइ पनि समेछिएको छ । कतारको मन्त्रीपरिषदमा हाल एक जनामात्र महिला मन्त्री थिइन् ।
कतारमा दुई हप्ता अघि भएको एतिहासिक शुरा काउन्सिलको मतदानबाट बाँकि ३० जना उम्मेदवार घोषित भैसकेको छन् । नव नियुक्त मन्त्रीहरुले आजै अमिरको उपस्थितिमा अमिरी दिवानको कार्यालयमा सपथ लिइसकेका छन् ।

सपथ ग्रहणको क्रममा नियुक्त मन्त्रीहरु ।
प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार





