कतारबाट आयो खुसीको खबर : अब अवैध व्यक्तिले कम्पनी खाेजेर काम गर्न पाउने



दोहा । कतारमा विभिन्न कारणले अवैध भएका कामदारले कम्पनी खोजेर काम गर्न पाउने भएको छ । वर्किङ भिसामा कतार आएपछि कम्पनीले आईडी नदिएको वा विभिन्न कारणले आईडी नविकरण हुन नसकी कानूनी हैसियत गुमाएका व्यक्तिले कम्पनी खोजेर काम गर्न पाउने जानकारी कतारस्थित नेपाली दूतावासले दिएको छ ।

नयाँ कम्पनीको अफर लेटर र अन्य कागजात सहित मन्त्रालयको कुनै शाखा कार्यालयमा गई निवेदन दिए हालसम्मको जरिवाना तथा सजाय मिनाहा हुने र काम पनि गर्न पाउने यहाँको आन्तरिक मन्त्रालयले जानकारी गराएको दूतावासले बताएको छ ।

.निवेदन दिनुपर्ने स्थान
१. उम सलाल सर्भिस सेन्टर
२. उम सुनाइम सर्भिस सेन्टर
३. मिसाइमिर सर्भिस सेन्टर
४. अल रय्यान सर्भिस सेन्टर
५. अल वक्रा सर्भिस सेन्टर

त्यस्तै काम सुनिश्चित नभएका र जुनसुकै भ्रमण भिसामा आएर अवैध भएका व्यक्तिहरुको हकमा भने मन्त्रालयको सर्च एन्ड फलो अप शाखाको कार्यालयमा गएर स्वदेश फर्कने टिकटको बुकिङ देखाए जरिवाना मिनाहा गरि स्वदेश फर्कन दिइने मन्त्रालयले बताएको छ । कतार सरकारले अवैध कामदारलाई आउने ३१ डिसेम्बर सम्म आममाफी दिने घोषणा यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार