नेपाली श्रमिकहरु काेरिया लैजाने प्रक्रिया : यी हुन् बिमा गर्ने कम्पनी र पोलिसीहरु



काठमाडौं । लामो समय देखि अबरुद्ध भएको नेपाली श्रमिकहरु दक्षिण कोरिया लैजाने प्रक्रिया सुरु गर्न कोरियाले राखेका सर्तहरु नेपालले पुरा गरे संगै यहि कार्तिक १० गते बाट नेपाली श्रमिकहरु कोरिया जान पाउने भएका हुन् ।

कोरिया सँग प्रतिबद्धता जनाए अनुसार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बिभाग अन्तर्गत ई।पि।एस कोरिया शाखा ग्वार्को ललितपुरले गत महिनाको असार २४ गते कोभिड(१९ वीमाको लागि वीमा कम्पनीहरु सुचीकृत हुन आउने सम्बन्धि सूचना जारी गरेको थियो ।

श्रमिकहरु लैजादा १४ दिनको क्वारेन्टाइन खर्च र विमा नेपाल पक्षले बेहोर्नु पर्ने कोरियाको एउटा सर्त थियो ।सोहि सर्त अनुसार इपिएस शाखाले एनएलजी ईन्सयोरेन्स कम्पनी लिमिटेड, अजोड ईन्सयोरेन्स कम्पनी लिमिटेड र प्रभु ईन्सयोरेन्स कम्पनी लिमिटेड गरी तिन वटा बिमा कम्पनीहरु छनौट गरेको इपिएस शाखाका प्रमुख सुरेश रावतले जानकारी दिए । यसका अलवा कोरियाले राखेको नेपाल(कोरिया सिधा उडानको तेस्रो सर्त पनि नेपाल पक्षले टुङ्गो लगाई सकेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार