कतारमा हुने नेपालीलाई खुसीको खबर : अब गोल्डस्टार जुत्ता कतारमै पाइने !



दोहा । गोल्डस्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । हाल कतार निवासी प्युठानका मधुसुधन केसीले कतारमा गोल्डस्टारको आउटलेट तयार गरेका छन् । आफ्नो भविष्य खोज्दै सन् २००७ मा कतारमा पुगेका प्युठानका केसीले आफ्नै व्यापार सुरु गरी व्यावसायीको रुपमा स्थापित हुन सफल भएका छन् ।

स्वेदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनु पर्छ भन्ने उद्देश्यका साथ केसीले गोल्डस्टारको आउटलेट कतारमा पुर्याएको केसीले बताए । कतारमा प्रख्यात एसिया टाउनको प्लाजा मलमा गोल्डस्टारको सोरुम रहेको छ । सोरुममा मात्र नभई अनलाइनको माध्यमबाट पनि गोल्डस्टार फुटवेयरको बिक्री गरिने उनले बताए । त्यस्तै कतारको बजारलाई मात्र लक्षित गर्दै ई–कमर्स साइट पनि छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।

नेपालीहरूको बिचमा लोकप्रिय ब्रान्ड गोल्डस्टार कतारको लागि नेपालबाट अभिमन्यु शर्मा र थमन कुमार भण्डारीले कनसल्टिङको रुपमा काम गरिरहेको केसीले बताए । गोल्डस्टार मात्र नभई देशका अन्य स्वदेशी उत्पादनलाई पनि कतारमा परिचित गराउने आफ्नो इच्छा रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार