मलेसियामा २ दिनको अन्तरमा २ नेपालिको कोभिड-१९ बाट मृत्यु ।



क्वालालम्पुर । मलेशियामा कोभिड(१९ संक्रमणको कारण यो हप्ता दुई नेपालिले ज्यान गुमाएका छन । भानु(३ खहरे तनहुँका बिष्णु गुरुङको उपचारकै क्रममा जोहोर बाहरुको सुल्तान इस्माइल अस्पतालमा सनिवार मृत्यु भएको छ ।

बिष्णु रोजगारीका लागि मलेशियाको जोहोरबाहरुमा ४ बर्ष अगाडि म्याक सेक्युरिटी कन्सल्टेन्ट एसडीएन।बिएचडी कम्पनीमा सुरक्षागार्ड को कामका लागी मलेसिया आएका थिए ।

त्यसैगरी गत बिहिवार पनि मलेशियाको पेनाङ क्षेत्रमा ८ बर्ष अघि जिछिङ हार्डवेर एसडिएन।बिएचडी कम्पनीमा रोजगारीका लागि आएका एक नेपालिको कोरोना भाइरस सक्रमणको कारण निधन भएको छ ।

दोर्दी गाउपालिका(५ लम्जुङ निबासी सुर्य बहादुर गुरुङको कोभिड(१९ संक्रमण पछि उपचारकै क्रममा बि।एम अस्पतालमा मृत्यु भएको दिल त्वार गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार