मलेसिया रोजगारी : ३२ हजार विदेशी कामदार लैजाने !



काठमाडौं । मलेसिया सरकारले कोभिडको संक्रमणको लहर चलिरहेकै अवस्थामा ३२ हजार विदेशी कामदार लिने निर्णय गरेको छ । मलेसियाका मानव संशाधन मन्त्री सरवानन मुरुगनका अनुसार प्लान्टेशन क्षेत्रमा कामदार अभावलाई कम गर्न तत्कालको लागि करिब ३२ हजार विदेशी कामदार लिन विशेष स्वीकृति मलेसिया सरकारले दिएको जानकारी दिएका छन् ।

मलेसियाको द स्टार नामक अनलाइनमा अपडेट भएको समाचार अनुसार विदेशी कामदारको अभावले आर्थिक क्षेत्रमा दीर्घकालीन घाटा भैइरहेको भन्दै मलेसियाले प्लान्टेशन क्षेत्रमा विदेशी कामदार ल्याउने निर्णय सरकारले गरेको जनाएको छ ।

मलेसियाको मानव संशाधन मन्त्रालयले ३२ हजार बिदेशी कामदार भित्र्याउनको लागि तयारी स्वरूप क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै २ हजार क्षमताको कोभिड आइसोलेसन केन्द्र समेत स्थापना गर्ने जानकारी दिएका छन् ।

यसैबीच मलेसियाको एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री ९ब्ऋऋऋक्ष्ः० ले प्लान्टेसन क्षेत्रमा श्रमिकको अभाव कम गर्न मलेसिया सरकारले ३२ हजार विदेशी कामदार ल्याउने विशेष स्वीकृति दिने सरकारको निर्णयको स्वागत गरेको छ ।

ब्ऋऋऋक्ष्ः ले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले पाम तेल उद्योग लगायत प्लान्टेसन क्षेत्रलाई राहत प्रदान हुने र श्रमिकहरुको अभावको कारण फसल काट्ने सिजनमा राहत मिल्ने जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार