बहराइनमा नेपालीसहित सयौँ विदेशी श्रमिक आन्दो*लित



दोहा । बहराइनमा नेपालीसहित सयौँ विदेशी श्रमिक आन्दोलित बनेका छन् । बहराइनको नासिर सिड अलहाजरी कार्पोरेसन (एनसएच) कम्पनीमा कार्यरत नेपाल, भारतलगायतका सयौँ श्रमिकहरु केही दिनदेखि आन्दोलित भएका हुन् ।

एक श्रमिकले समयमा उपचार नपाउदा मृत्यु भएपछि उचित सुरक्षाको माग गर्दै त्यहाँ कार्यरत नेपाली, भारतीय र अन्य केही मुलुकका श्रमिक आन्दोलनमा उत्रिएको एक नेपालीले बताए  । उनीहरुलाई शनिबार प्रहरी बोलाएर कम्पनीको व्यवस्थापन पक्षले काममा नगएको भन्दै कुटपिट गरेको एक भारतीय कामदार इस्माइल खानले बताए ।

कम्पनी खाना राम्रो नभएको, बिरामी हुँदा समयमा उपचार नपाएको लगायतका माग राखेर उनीहरुले अन्दोलन गरेपछि त्यहाँको श्रम र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु श्रमिकहरुलाई काम फर्काउने प्रयास गरिरहेका छन् । नोगा क्याम्पमा करिव ७ सय नेपाली श्रमिक कार्यरत छन् ।

नेपाली श्रमिकहरुलाई संयमित हुन् त्यहाँस्थित नेपाली दूतावासको आग्रह गरेको छ । दूतावासले शनिबार साँझ एक विज्ञप्ति गर्दै कम्पनी व्यवस्थापन र कामदारबीच भएको विवादलाई समाधानार्थ नेपाली दूतावासले बहराइन सरकार, रोजगारदाता कम्पनी एवंम कार्यरत कामदारहरुबीच छलफल तथा वार्तापश्चात समस्या समाधानको प्रारम्भिक खाका सबै कामदार माझ बहराइन सरकारले राखेको र त्यसमा सबैको सहमति भएको भन्दै आन्दोलन नगर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार