इजरायल जाने कामदारका लागि भदौ २८ मा लिखित परीक्षा



काठमाडौं । इजरायल जान दरखास्त दिएका कामदारको यही भाद्र २८ गते लिखित परीक्षा लिइने भएको छ । वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भाद्र २८ गते दिउँसो १ बजे काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुनेछ।

वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार आवेदन दिएको विभागले जनाएको छ । इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार