खोप लगाएको ‘क्यूआर कोड’सहितको प्रमाणपत्र अब आफैँ लिन सकिने, यस्ताे छ तरीका !



खोप लगाएको ‘क्यूआर कोड’सहितको प्रमाणीकरण पत्र अब आवश्यक पर्ने व्यक्ति स्वयंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटबाट लिन सक्ने भएका छन् । गृह मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो व्यवस्थाबारे जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कतिपय देशहरुले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्र मान्यता दिने गरेको सन्दर्भलाई दृष्टिगत गरी खोप प्रमाणीकरण आवश्यक पर्ने व्यक्ति स्वयंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको https://vaccine.mohp.gov.np/ अनलाइन प्रणालीमार्फत खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात (खोप कार्ड, राहदानी नम्बर अनलाइन फारममा रहेको कबुलियतनामाको नमूना) अपलोड गरी क्यूआर कोडसहितको प्रमाणीकरण प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।’

अनलाइन प्रणालीमार्फत अपलोड गरिएका उल्लेखित कागजातहरु स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन प्रणालीबाटै स्वतः ‘भेरिफाई’ हुने मन्त्रालयले जनाएको छ । साथै, यो प्रक्रिया निरन्तर रुपमा चलिरहने भएकोले ‘क्यूआर कोड’सहितको प्रमाणपत्र क्रमशः सबैले पाउने व्यवस्था समेत मिलाइएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल टेकु अस्पतालका अतिरिक्त पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट खोप प्रमाणीकरण गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, उपत्यका बाहिरका ५० शय्या भन्दा माथिका सरकारी अस्पतालहरुबाट समेत खोप प्रमाणीकरण गर्ने व्यवस्था उपलब्ध छ ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार