जाने हो रोमानिया : तलब ६३ हजार माथि, माग्योे ११० नेपाली कामदार



राेमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानियाको Jorden River Recruiment SRL कम्पनीले ९० १०० पुरुष र १० महिला गरि ११० नेपाली कामदारको माग गरेको छ । कम्पनिले general,worker,factory worker,cook,cook helper पदका लागी कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । तलब खान बस्न सहित ६३ हजार देखि ७४ हजार सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले Times Management System PVT.LTD को कार्यालय टोखा काठमाडौंमा साउन २१ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च,भिसा शुल्क र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार