विदेश जाने श्रमिक र विद्यार्थीले प्रहरी र सेनाको अस्पतालमा खोप लगाउन पाउने



काठमाडौं । विदेश जाने नेपाली कामदारले अब दुई वटा अस्पतालबाट मात्र कोरोनाविरूद्धको खोप लगाउन पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने ब्यवस्था गरेको हो ।

तर खोप लगाउन जानेहरुले भिसा लागेको पासपोर्ट देखाउनु पर्ने मापदण्ड तय गरिएको छ । यसअघि सबै खोप केन्द्रबाट विदेश जानेहरूका लागि खोप दिने व्यवस्था थियो । विभिन्न देशहरूले विदेशी कामदार र विद्यार्थीका लागि खोप अनिवार्य गरेकाले अहिले खोप लगाउन चाहनेको संख्या ह्वात्तै बढेको छ । यस्तै खोप लगाएर विदेश जाँदा क्वारेन्टिनमा बस्नु नपर्ने नियम लागू गरिएकाले पनि वैदेशिक रोजगारीमा जान चाहनेहरुको संख्या बढेको छ ।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार