भीम रावलले दिए सांसद पदबाट राजीनामा !



नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने बताए ।

‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छु’, सिंहदरबार स्थित संसद सचिवालयबाट रावलले भने, ‘म राजीनामा दिन्छु।’

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार