शिक्षक र कर्मचारी संगै इसिडि शिक्षकको पनि बढ्यो तलब,अब कसले कति पाउँछन् ?



तत्कालिन केपी ओली नेतृत्वको सरकारले निजामती कर्मचारीसँगै शिक्षकको तलब वृद्धि गरेको थियो । बढेको तलब हिजो साउन १ गते बाट लागु भएको छ। आर्थिक वर्ष २०७८ ०७९ को बजेट भाषणमार्फत तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका थिए ।

कोरोनाका कारण तलब वृद्धि गर्ने अवस्था नभएपनि कर्मचारीको मनोबल उच्च राख्न मासिक २ हजारका दरले तलब वृद्धि गरिएको तत्कालिन अर्थमन्त्री पौडेलले बताएका थिए । यो सँगै शिक्षकहरुको तलब पनि २ हजारको दरले बृद्धि भएको छ । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षक (इसिडि शिक्षक) र विद्यालय कर्मचारीको तलब बढाएको छ । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक बालविकास सहयोगीको तलब बढाएर ८ हजार पुर्याइएको र बाल विकास केन्द्रका शिक्षकले न्यूनतम १५ हजार पुर्यायएको जानकारी दिएका हुन् । त्यसका लागि सरकारले ५ अर्ब ५५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

इसिडि शिक्षक मासिक ६ हजारमा कार्यरत थिए । यस्तै विद्यालय कर्मचारीहरु पनि न्यून शुल्कमा कार्यरत थिए । इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुले लामो समय देखि सुविधा बढाउन माग गर्दै आएका थिए । बढेको नयाँ तलवमान अनुसार विद्यालयका कर्मचारीले न्युनतम ८ हजार,इसिडि शिक्षकले न्युनतम १५ हजार पाउनेछन भन प्रथामिक तहका तृतीय श्रेणीका कर्मचारीले मासिक ३० हजार ६१० पाउनेछन् माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकले अब ५१ हजार ३८० बुझ्नेछन् ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार