यी हुन कतारमा सबैभन्दा धेरै कामदार पठाउने कम्पनी, यस्तो छ अवस्था !



काठमाडौं | खाडी मुलुक कतारमा कामदार पठाउने म्यानपावर कम्पनीहरु गत वर्ष धेरै कामदार पठाउने सूचीको अग्रस्थानमा देखिएका छन् । वैदेशिक रोजगार विभागले तयार पारेको आर्थिक वर्ष २०७७/०७८ को प्रगति विवरण अनुसार गत वर्ष वैदेशिक रोजगारीमा पठाएकामध्ये कतारमा कामदार पठाउने कम्पनीहरु अग्रस्थानमा देखिएका हुन् । गत वर्ष ९ वटा म्यानपावर कम्पनीले मात्र एक हजार बढी कामदार पठाउन सकेका छन् । अघिल्लो वर्ष एक हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको संख्या गत वर्षको तुलनामा तीन गुणा बढी २७ रहेको थियो ।

विभागका अनुसार एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्स प्रा.लि. सबैभन्दा धेरै कामदार पठाएर सूचीको शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ४७ महिलासहित २ हजार ४ सय ९४ जना कामदार पठाएको छ । दोश्रो स्थानमा रहेको सान नेपाल प्रा.लि.ले २ हजार १ सय ७२ जना कामदार पठाएको छ । तेश्रो स्थानमा रहेको स्काइ स्टार रिक्रुटमेन्ट प्रा.लि.ले १ हजार ४ सय ६२ जना कामदार पठाएको छ ।

सूचीको चौथो नम्बरमा रहेको प्याराडाईज इन्टरनेशनल प्रा.लि.ले ३ सय ४ जना महिलासहित १ हजार ४ सय ४५ जना कामदार पठाएको छ । पाँचौं नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिसेस प्रा.लि.ले १ हजार ४ सय २९ जना कामदार पठाएको छ । सूचीको छैठौं नम्बरमा रहेको भिजन एण्ड भ्यालु ओभरसीज प्रा.लि.ले १ हजार ३ सय ५५ जना कामदार पठाएको छ । सातौं नम्बरमा रहेको दि रिभर ओभरसीज प्रा.लि.ले २ सय ७४ महिलासहित १ हजार ३ सय १० जना कामदार पठाएको छ । आठौं नम्बरमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.ले १ हजार २ सय ३३ जना कामदार पठाएको छ ।

नवौं नम्बरमा रहेको अल समित म्यानपावर कम्पनी प्रा.लि.ले १ हजार १ सय ३९ जना कामदार पठाएको छ । दशौं नम्बरमा रहेको इन्टरनेशनल म्यानपावर प्रा.लि.ले ९ सय २० जना कामदार पठाएको छ । सूचीको एघारौं नम्बरमा रहेको लक्की एचआर सोलुसन प्रा.लि.ले ७ सय ३७ जना कामदार पठाएको छ ।

त्यस्तै सूचीको बाह्रौं नम्बरमा रहेको मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी प्रा.लि.ले ६ सय ९२ जना कामदार पठाएको छ । तेह्रौं सूचीमा रहेको फजल इन्टरनेशनल प्रा.लि.ले ६ सय ४६ जना कामदार पठाएको छ । चौधौं नम्बरमा रहेको सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.ले ६ सय ५ जना कामदार पठाएको छ । पन्ध्रौं नम्बरमा रहेको अल आक्स्माक्स प्रा.लि.ले ५ सय ७५ जना कामदार पठाएको छ । सोह्रौ नम्बरमा रहेको ट्यालेन्ट ओभरसीज सर्भिसले ५ सय ६९ जना कामदार पठाएको छ । सत्रौं नम्बरमा रहेको अल जारफा ह्युमन रिसोर्स कन्सल्टयान्सीले ५ सय ३० जना कामदार पठाएको छ । अठारौं नम्बरमा रहेको बेस्ट रिक्रुटमेन्ट सर्भिसले ५सय २६ जना कामदार पठाएको छ । उन्नाइसौं नम्बरमा रहेको वाहा म्यानपावर सप्लायर्स प्रा.लि.ले ५ सय २० जना कामदार पठाएको छ । सूचीको बिसौं नम्बरमा रहेको नाइस रिक्रुटमेन्ट एजेन्सी प्रा.लि.ले ४ सय ४ जना कामदार पठाएको छ ।

सरकारले वैदेशिक रोजगार व्यवसायीहरुको धरौटी बढाउँदै लगे पनि संस्थागतरुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्यामा ठूलो गिरावट आएको छ । संस्थागतरुपमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा ठूलो गिरावट आउनुमा मलेसिया रोजगारी बन्द हुनु नै प्रमुख कारण देखिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा १ लाख २ हजार ९ सय ७९ जना संस्थागतरुपमा मलेसिया गएकोमा गत वर्ष भने अत्यन्तै न्यून कामदार गएका छन् ।विभागका निर्देशक तथा सुचना अधिकारी महेन्द्रनाथ भट्टराईले भने प्रतिवेदनको अन्तिम स्वरूप तयार हुन बाँकी रहेको बताए । ‘दुई तीन दिनपछि मात्र फाइनल रिपोर्ट तयार हुन्छ,’ उनले मध्यान्ह राष्ट्रिय दैनिकलाई बताए ।

गत वर्ष राजधानीको बत्तिसपुतलीस्थित दि रिभर ओभरसीज प्रा.लि., धापासीस्थित एसओएस म्यानपावर सर्भिसेज प्रा.लि., ललितपुरको बखुण्डोलस्थित प्याराडाइज इन्टरनेशनल प्रा.लि., सामाखुशी टाउन प्लानिङस्थित भिजन एण्ड भ्यालु ओभरसीज प्रा.लि, सामाखुशीस्थित अञ्जली ओभरसीज सर्भिस प्रा.लि., सान नेपाल प्रा.लि., नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा.लि., साउण्डलाइन रिक्रुटमेन्ट प्रा.लि., अक्सफोर्ड इन्टरनेशनल प्रा.लि र स्वीफ्ट गोर्खा इन्टरनेशनल प्रा.लि. पहिलोदेखि क्रमशः दशौं स्थानमा रहेका थिए । मध्यान्ह दैनिकबाट

प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार