चर्को घाममा काम लगाउने कतारका २३२ कम्पनी कारबा’हीमा



दोहा | नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारमा चर्को घाममा काम लगाउने २३२ कम्पनीलाई कार’बाही गरिएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयको श्रम निरीक्षण विभागले १ जुनदेखि ३० सम्मको अवधिमा निरीक्षण गर्दा चर्को घाममा काम लगाउने २३२ कम्पनीलाई कारबा’ही गएको जनाएको छ ।

कारवा’हीमा परेका ती कम्पनीलाई अबदेखि निषे’धित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजा’य दिइएको मन्त्रालयले जनाएको छ ।कतारमा कम्पनीहरूले विभिन्न साइटहरूको ठेक्का लिई श्रमिकलाई काम लगाउने गर्दछन् । मन्त्रालयले कार्यस्थलको आंशिक वा पूर्ण बन्द हुनबाट जोगिन विभिन्न क्षेत्रका सबै कम्पनीहरूलाई मन्त्रीस्तरको निर्णयको सम्मान गर्न समेत आग्रह गरेको छ ।

कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म विहान १० देखि ३:३० बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नि’यम छ । उच्च गर्मीमा बाहिर काम गर्दा श्रमिकको ज्यान जाने खत’रा हुने कारण कतार सरकारले घाममा काम लगाउन प्रतिब’न्ध लगाएको हो ।

मन्त्रालयले श्रमिकको दैनिक काम गर्ने तालिका बनाउन पनि कम्पनीहरूलाई दबाब दिएको छ । सरकारले ३२ डिग्रीभन्दा माथि घाम भएको ठाउँमा खुला रूपमा काम गर्न प्रतिबन्ध लगाएको छ । यस्तै श्रमिकको स्वास्थ्य सुर’क्षाका लागि आवश्यक पर्ने सामग्रीहरू कार्यस्थलमा अनिवार्य हुनुपर्ने नियम छ ।

गर्मी महिनालाई ध्यानमा राख्दै श्रमिकले लगाउने लुगादेखि वार्षिक रुपमा निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउन पनि भनिएको छ । गर्मीमा काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपो’र्ट अनिवार्य हुनुपर्ने नि’यम छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन् । जसममा ११ हजार ९० जना महिला छन् । कतारमा ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा कार्यरत छन् । खबरहबबाट

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार