बिगत १६ महिना देखि ठप्प रहेको नेपाली श्रमिकहरु दक्षिण काेरिया पठाउने प्रक्रिया सुरु गर्न नेपाल सरकारकाे पक्षबाट हुनुपर्ने काम तिव्र रुपमा अगाडि बढाइएको सराेकारवाला पक्षले जनाएका छन् ।हाम्रा खबरले फलाे स्टाेरीकाे लागि वैदेशिक राेजगार विभाग र इपिएस काेरिया शाखा सँग बुझ्दा नेपालकाे तर्फबाट काेरियाले भनेका सर्त पुरा गर्ने प्रतिबद्धता जनाइसकेको अधिकारीहरुले बताएका छन् ।
१४ दिन सम्म क्वारेन्टाइन बसेकाे खर्च नेपाल पक्षले बेहोर्नु पर्ने,सिधा उडान मार्फत काेरिया जानुपर्ने ,१४ दिनकाे बिमा स्वयंमले बेहोर्नुपर्ने जस्ता काेरिया पक्षका सर्तहरु थिए ।ति सर्तहरू पुरा गर्छाै भनेर काेरियालाई प्रतिबद्धता जनाइसकेको इपिएस कोरिया शाखाका निर्देशक इन्द्र गाैतमले बताए । हामीले उसका सर्तहरू पुरा गर्ने प्रतिबद्धता आधिकारिक रुपमा पठाएको छाै र ती सर्तहरू पूरा गर्न आन्तरिक तयारी पनि थालेका छाै,गाैतमले भने ।
निर्देशक गाैतमका अनुसार अब काेरिया पक्षको रिप्लाई आउन बाँकी छ ।नेपालमा काेराेनाकाे केसहरू यथास्थितिमा देखेकाे कारणले पनि रिप्लाई दिन ढिलाइ गरेको हाे कि गाैतमले भने ।काेरियाले राखेका अरु सर्तहरू सामान्य भए पनि मुख्य सर्त नेपाल काेरिया सिधा उडान हुनुपर्ने छ ।सिधा उडान सुचारु गर्न नेपाल सरकार मन्त्रीपरिषदकाे निर्णय आवश्यक छ ।
अब काेरियाले थप प्रतिक्रिया दिएपछि मन्त्री परिषद् बाट उडान खुलाउने बिषयमा निर्णय गर्न कुनै समस्या नहुने श्रम विभागका एकजना अधिकारीले बताए ।काेरियाले सुरुमा कमिटेड कामदारहरु लैजाने इच्छा राखेको छ ।सुरुमा कमिटेड लिने र त्यसपछि इपिएस पास गरेर प्रक्रिया पुरा गरेका अन्य श्रमिक लैजाने बिषयमा उसले नेपाल पक्षलाई विश्वस्त पारेको स्राेतकाे दावी छ ।