वैदेशिक रोजगारीका लागी खाडी जाने नेपालीको रोजगारी गुम्ने सम्भावना, यस्तो छ नयाँ नियम



काठमाडौं । अब वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानेहरुका लागि पनि अनिवार्य खोप लगाएको हुनुपर्ने नियम लागू भएको छ । खोप नलगाएका नेपाली अब बैदेशिक रोजगारीका लागि खाडी मुलुक जान पाउने छैनन् ।

खाडीका देशहरुले खोप लगाएका कामदारलाई मात्र आफ्नो देशमा रोजगारीको अवसर दिने भएपछि नेपालले पनि वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लािग त्यस्तो नियम लागू गरेको हो ।

अब खाडी देशमा काम गर्न जाने युवाले खोप लगाउन नपाए उनीहरुको वैदेशिक रोजगारी पनि गुम्ने देखिएको छ । सरकारले सबै नागरिकका लागि खोपको ब्यवस्था पनि गर्न सकेको छैन । आर्थिक अवस्था सुधार्न भन्दै ऋणधन गरेर विदेश जान लागेका नेपालीहरुको खोप लगाउन नपाएर रोजगारी पनि पुग्ने खतरा बढेको छ ।

संयुक्त अरब इमिरेट्स ९यूएई०ले गत वैशाख २३ देखि नै नेपालबाट कामदारसहितका यात्रुका लागि प्रवेश निषेध गरिसकेको छ। यूएईले उडानमा रोक लगाउँदा ५ हजार नयाँ कामदार र बिदामा घर आएका सयौँ कामदार काममा जान पाएका छैनन्।

संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बा यो टेक, स्पु तनिक–५, सि नो फार्म, अक्सफोर्ड–अ स्ट्रा जेनेकालाई मात्रै मान्यता दिएको छ । यी खोप लगाएकाले मात्रै यूएई प्रवेश गर्न पाउँछन् ।

संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार लगेको छैन । कुवेतले आगामी साउन १७ गतेदेखि खोप लगाइसकेको कामदार मात्रै लैजाने जनाएको छ।रोजगारीका लागि कुवेत जान चाहने कामदारले पनि कुबेत सरकारले अनुमोदन गरेको खोप लगाउनुपर्नेछ ।

प्रकाशित मिति : २०७८ असार १२ गते शनिवार