काेरिया श्रमिक लैजाने विषयमा नेपाल सँग काेरियाका केही सर्त, अबरुद्ध प्रक्रिया सुरु हुदै



करिव १६ महिना देखि अबरुद्ध दक्षिण काेरियाकाे राेजगार सुचारु हुने तर्फ अगाडि बढेको अधिकारीहरुले बताएका छन् । काेराेना भाइरसकाे कारण देखाउदै नेपाल बाट श्रमिकहरु लिन अबरुद्ध भएको प्रक्रिया अगाडि बढाउन दक्षिण काेरियाले केही सर्तहरु नेपाल सँग अगाडि राखेको छ ।

नेपालले दक्षिण काेरिया सहित विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान खुलाए सँगै श्रमिकहरु काेरिया जाने सम्भावना बढेको हाे ।नेपालपक्षका अधिकारी सँग दक्षिण कारियाले सुरुमा कमिटेड कामदार लैजाने इच्छा व्यक्त गरेको बताइएको छ ।कमिटेड भनेको एकपटक काेरिया पुगेर एउटै कम्पनीमा काम गरेको (कम्पनी परिवर्तन नगरेकाे ) श्रमिकहरु हुन ।ती कमिटेडलाई लिन काेरियाले केही सर्तहरू तेर्साएरकाे छ ।उसको सर्त अनुसार डाइरेक्ट काेरियन फलाइट मार्फत जानुपर्ने ,१४ दिन क्वारेन्टाइन बसेकाे खर्च र उक्त अवधिकाे विमा आफै बेहोर्नुपर्ने आदि सर्तहरू रहेका छन् ।

उक्त सर्तहरू मान्न श्रमिकहरु तयार भएपनि डाइरेक्ट फलाइट नखुलेका कारणले अझै केही दिन समय लाग्ने वैदेशिक राेजगार विभागका महानिर्देशक कृष्ण दवाडीले हाम्रा खबरलाई जानकारी दिए ।हाम्रो निरन्तर दबाब छ,केही प्रगति भएको मान्नुपर्छ ,पछिल्लो समय काेरियन पक्षले पनि सकृयता बढाएको हाे,महानिर्देशक दवाडीले भने ।

दवाडीका अनुसार सुरुमा कमिटेडकाे बिषयमा प्रक्रिया अगाडि बढाउने अनि भाषा परीक्षा पास गरि सम्पुर्ण प्रक्रिया पुरा गरेका श्रमिकको विषयमा अगाडि बढाइने काेरियन पक्षले बताएको छ ।इपिएस पास भएकाहरुकाे लागि पनि हामीले प्रक्रिया थाल्दै छाै, सुरुमा कमिटेडवाला बाट सुरु गराै काेरियन पक्षले भनेको छ ।

यद्यपि नेपाल र काेरिया पक्ष विच यी विषयमा माेटामाेटी सहमति भएपनि हवाई उडानका कारणले प्रक्रिया अगाडि बढ्न सकेको छैन ।वैदेशिक राेजगार विभाग स्रोतका अनुसार सम्भवत नेपाललाई काेराेना जाेखिमकाे लिस्ट बाट काेरियाले केही तल झार्ने संकेत समेत देखाएको छ ।यस अगाडि काेरियाले नेपाल बाट श्रमिक लैजाने विषयमा काेराेनाकाे कारण देखाउदै टार्दै आएको थियोे ।

तर पछिल्लो समय उसले सुस्ताएकाे याे विषयलाई नेपाल पक्षको निरन्तर दबाबका कारणले चासो देखाएको नेपाली अधिकारीहरुले बताएका छन् ।यस पटक अवश्य लैजान्छ विगतको जस्तो संवादहिनता अवस्था छैन स्रोतले भन्यो ।

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार