कथित सामाजिक अभियन्ता ज्वाला संग्राैला सहित ३ जना प क्राउ !



आफूलाई समाजसेवी बताउने ज्वाला संग्रौला (टीका संग्रौला) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई प्रहरीले आइतबार पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिएको भन्दै छानबिन सुरु भएको थियो उनीहरुविरुद्ध मधेसी आयोगमा गत बुधबार उजुरी परेको थियो। आयोगले यस घटनाबारेमा प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउँदै कारबाही माग गरेको थियो।

संग्रौलासहितको टोलीलाई ड्युटीमा खटिएका ट्राफिक झाले रोकेर जाँच गरेपछि रंगभेदी व्यवहार गरेको भन्दै चौतर्फी आलोचना भएको थियो। निषेधाज्ञामा पास बिना सवारी चलाउन नमिल्ने भन्दै झाले पास मागेका थिए। तर, उनीहरुले पास नदेखाएपछि विवाद भएको थियो। उनहरुको साथमा लाइसेन्ससमेत थिएन। महाराजगञ्ज चोकबमा विवाद भएपछि उनीहरु ट्राफिक वृत्तमै पुगेका थिए।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार