काठमाडौं | दक्षिण काेरिया श्रमिक पठाउने विषयमा निरन्तर सरकारले दक्षिण काेरियालाई घचघच्याइरहेकाे सराेकारवाला पक्षले जनाएका छन ।काेरिया जान नपाएका पिडितहरुकाे दबाबका कारणले पनि सम्बन्धित मन्त्रालय ,विभाग र इपिएस शाखाले पत्राचार देखि अन्य परामर्शका कामहरु काेरिया सँग निरन्तर अगाडि बढाइरहेको बताएका हुन ।
सम्पूर्ण प्रक्रिया पुरा गरेर उडान हुन मात्र बाँकी रहेका दश हजार भन्दा बढि युवा तथा प्रक्रिया अन्तिम चरणमा रहेकाहरुलाई काेरिया पठाउन चाैतर्फि आवाज उठेपछि सराेकारवालापक्षलाई थप दबाब बढेको हाे ।यस बिषयमा नयाँ श्रममन्त्री बिमलप्रसाद श्रीवास्तवले पनि विषेश चासो लिएको स्रोतले बताएको छ ।
नेपाल ग्रिन जाेनमा आउने बित्तिकै काम अगाडि बढ्दैछ
काेराेना भाइरसका कारणले राेकिएकाे श्रमिक लिने प्रक्रिया दक्षिण काेरियाले यहि बिच बाट पनि सुरु गरेको छ ।तर नेपाललाई भने काेराेना भाइरसकाे रेडजाेनमा राखेको कारणले अबरुद्ध प्रकृया अगाडि बढन नसकेको हाे ।साेमबार हाम्रा खबर सँग कुरा गर्दै इपिएस शाखा ग्वार्काेका निर्देशक ईन्द्र गौतमले आफुहरु हप्तै पिच्छे निरन्तर काेरिया पक्ष सँग यहि बिषयमा छलफल गरिरहेकाे बताए ।हामीले पटकपटक पत्राचार देखि अरु माध्यम बाट पनि छिटो प्रक्रिया अगाडि बढाउन दबाब दिइरहेका छाै उनलेे भने ।
तर नेपाल हाल सम्म काेरियाकाे नजरमा काेराेना भाइरसकाे रेडजाेनमा छ,ग्रिन जाेनमा झर्ने बित्तिकै नेपाल बाट श्रमिक लिने प्रक्रिया सुरु गर्ने आश्वासन काेरिया पक्षले नेपाललाई दिएको छ ।निर्देशक गौतम भन्छन् ,कुरा आशावादी नै छ हामीले यता बाट गर्नुपर्ने सबै पहल गरिरहेका छाै।नेपालमा विस्तारै संक्रमणदर घटिरहेकाले सम्भवत केही हप्ता भित्र नयाँ सम्भावना अगाडि बढ्ने अाशा छ । बाहिर बाट हेर्दा केही पहल भएको छैन कि जस्तो लाग्दाे हाे,तर हामी गम्भीर भएर प्रक्रिया अगाडि बढाउन तल्लीन छाै,निर्देशक गौतम भन्छन् ।तर सरकारले उचित कदम नचालेपछि काेरियाले नेपाल बाट श्रमिक समयमै लिन अनिच्छा देखाएको आराेप पिडितहरुकाे छ ।
अरु देश बाट धमाधम काेरियाले श्रमिकहरु लिइरहेको छ तर सरकारले पहल नगरेकै कारणले ढिलासुस्ती भएको भन्दै पिडितहरुले बेला बेला सरकारलाई विभिन्न तरिकाले दबाब दिइरहेका छन् । उता नयाँ परिक्षाकाे लागि पनि काम धमाधम अगाडि बढिरहेको छ ।भवन व्यवस्थापनकाे काम अन्तिम चरणमा पुगेको छ ।कम्प्युटर जडान देखि परिक्षाकाे लागि आवश्यक प्राविधिक तयारी पनि सँगसँगै अगाडि बढिरहेको इपिएस शाखाले जनाएको छ ।