काठमाण्डाै | निजामती कर्मचारी र शिक्षक तथा प्राध्यापकलाई दिईने सेवा,सुविधामा नेपाल सरकारले विभेद गरेको भन्दै नेपाली कांग्रेस शिक्षा विभागले ध्यानाकर्षण भएको जनाएको छ ।सरकारले अध्यादेश मार्फत ल्याएको आर्थिक बर्ष २०७८/०७९ को बजेटमा निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा,सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिईने सेवा तथा सुविधामा नेपाल सरकारले विभेद गरेको भन्दै आज प्रेस विज्ञप्ति जारी गरेको छ ।
बजेटले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक वरावरको रकम सहित पर्यटन काज उपलव्ध गराउने साथै निजामती कर्मचारीलाई रू. १० लाखको सामुहिक दुर्घटना बिमा र रु. १ लाखको स्वास्थ्य बीमा प्रिमियम बापतको रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । साथै दुबै सेवा तथा सुविधाबाट शिक्षक तथा प्राध्यापकलाई वन्चित गरेकोमा खेद प्रकट गर्दै नेपाल सरकारलाई यस्तो विभेदको अन्त्य गर्न नेपाली कांग्रेस शिक्षा विभागल आग्रह गरेको छ ।
“नेपाल सरकारले शिक्षक तथा प्राध्यापकवर्गको मागलाई आन्दोलन गरेर मात्र बाध्य भएर सम्बोधन गर्ने गरिएको परिपाटिको अन्त्य गर्दै भविष्यमा यस्तो विभेदकारी स्थितीको अन्त्य गर्ने व्यवस्था मिलाउन आग्रह गरिन्छ” विज्ञप्तिमा भनिएको छ ।